ad ad

राजनीति


आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह, साढे १२ हजार विद्यार्थी दीक्षित हुँदै

आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह, साढे १२ हजार विद्यार्थी दीक्षित हुँदै

फाइल तस्बिर


नेपालखबर
पुस २, २०८० सोमबार ७:४७, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) ४९ औँ दीक्षान्त समारोह आयोजना गर्दै छ। 

बिहान साढे ११ बजेदेखि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा दशरथ रङ्गशालामा दीक्षान्त समारोह सुरु हुने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 

दीक्षित हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै रंगशालामा प्रवेश खुला गरिनेछ। 

आज वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेका त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले जानकारी दिए। 

२०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये आज झण्डै साढे १२ हजार विद्यार्थी दीक्षित हुन लागेका हुन्।

दीक्षित हुनको लागि विद्यार्थीले अनलाइन मार्फत आवेदन दिएका थिए। तिनै विद्यार्थीलाई त्रिभुवन विश्व विद्यालयले आज दीक्षित गर्न लागेको हो। 

समारोहमा एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट आज विभूषित गर्ने तयारी छ। उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ। 

एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने तयारी छ।

दीक्षान्त समारोहमा ५६ वटा स्टल राखिएका छन् त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिने सूचना अधिकारी दाहालले जानकारी दिए। 

दीक्षित हुने विद्यार्थी धेरै भएकाले त्रिविले दशरथ रङ्गशालामा दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।

दीक्षान्त समारोहमा सहभागी हुन आउनेका लागि परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेर पार्किङ स्थल पनि तोकेको छ। टुँडिखेल, विश्वनिकेतन मावि, वर्ल्ड ड्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पार्किङस्थलत तोकिएको छ।

सूचनाअनुसार टुँडिखेलमा पूर्व र उत्तर रुटबाट आउने सम्पूर्ण सवारीसाधन पार्किङ गर्न सकिनेछ। 

विश्व निकेतनमा कालीमाटी रुटबाट आउने सवारीसाधन, वर्ल्ड ट्रेड सेन्टरमा पुल्चोकबाट आउने सवारीसाधन र राखेपमा त्रिविका पदाधिकारी तथा कर्मचारीका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .