ad ad

राजनीति


भागबन्डा अन्त्य गरी योग्यताका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्रीको दाबी

भागबन्डा अन्त्य गरी योग्यताका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्रीको दाबी

नेपालखबर
पुस २, २०८० सोमबार १६:५२, काठमाडौँ

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूमा हुने राजनीतिक नियुक्तिहरूमा राजनीतिक भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने बताएका छन्।

सोमबार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो घोषणा गरेका हुन्।

‘आजको यो दिक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दिक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गयो। म आज यस अवसरमा त्रिभुवन विश्व विद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने मेरिटको आधार भिसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने।

जसका लागि देशभित्र र बाहिर रहेका विज्ञ नेपालीहरूलाई प्रधानमन्त्री प्रचण्डले आव्हान गरे। 

‘यसका निम्ति खुला प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभरि रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान पनि गर्दछु। राजनीति दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबन्डा होइन मेरिटको आधारमा नियुक्ति हुनका लागि अग्रसर हुन अपील गर्दछु,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .