प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानलाई अझै कठोर बनाएर अघि बढाउने बताएका छन्।
एनसेलको शेयर खरिद-बिक्री प्रकरणलाई लिएर संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई उत्तर दिने क्रममा दाहालले यस्तो बताएका हुन्।
दाहालले समृद्धिको एक सूत्रीय नारा लिएर सरकार अघि बढेको पनि बताएका छन्।
एकपछि अर्को काण्डै काण्ड आएका छन् भने। सबै काण्ड एकै प्रकृतिका हुँदैनन्।
‘तपाईंहरुले यो सरकारको पालमा एकपछि अनेक काण्ड आएका छन् भन्नु भयो। काण्ड त पहिले पनि आएका थिए। अहिले हामीले ललिता निवास, भुटानी शरणार्थी जस्ता भ्रष्टाचारको पोको खोलेर काण्ड निकाल्दैछौँ।’
दाहालले सडकबाट सडकमा लोकतन्त्रालाई गाली गर्नेहरू जस्तै सबै हुन नहुने बताएका छन्। ‘मलाई भ्रष्टाचारमा अझै हान्न मन छ। सबै उस्तै भनियो भने को चाहिँ आएर देश बनाउँछ?’, उनले भने, ‘मैले यो अभियान अघि नबढाए अर्को कोही आएर गर्दैन।’
Shares
प्रतिक्रिया