नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर सुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन्।
बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘सबै कामहरु नेपाल सरकारले नै गर्छ। नेपाल सरकारले समयमा गर्छु भनेर शुरु गरेको विकास निर्माण अवरोध पुर्याउने सबैभदा ठूलो निकाय भनेको नेपाल सरकार नै हो। प्रधानमन्त्रीको सबै कामहरु रोक्ने मान्छे भनेको तपाई नै हो।’
उनले सुरुङ निर्माणका लागि बिष्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताए।
उनले खोकनाको फास्ट ट्रयाक टुंग्याउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताए। अहिलेकै काम जस्ताको त्यस्तै गरेर २०८३ सम्म योजना सम्पन्न नहुने थापाको भनाई थियो।
‘बिष्फोटक पदार्थको कुरा राजनीतिक कुरा नटुंगिकन यो सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था छैन। खोकनाको फास्ट ट्रयाक टुंग्याउने काम भनेको सरकारले गर्ने हो’ थापाले भने, ‘यसलाई मन्त्रिपरिषद्ले निर्णय नगरी टुंगिदैन। ८३ मा बनाउनुपर्छ भन्ने सरकार, ०८३ मा नबनाएर ०९० पुर्याउने पनि सरकार नै हो। अहिलेकै काम जस्ताको त्यस्तै गरेर यो ०८३ मा सकिँदैन। यो ०९०, ०९२ पुग्छ।’
Shares
प्रतिक्रिया