प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि पदाधिकारी बैठक सरेको छ।
पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बैठक बिहीबार बिहान बस्ने गरी सारिएको नेपालखबरलाई जानकारी दिए।
यसअघि यो बैठक मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो।
बैठकमा राष्ट्रियसभाको निर्वाचन, पार्टीको विधान सम्मेलन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिबारे छलफल हुने एजेन्डा थियो।
बैठकमा पार्टीले सञ्चालन गरेको तीन महिने विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुने तयारी छ।
माओवादी केन्द्रले सञ्चालन गरेको उक्त अभियान यही पुस १५ गते समापन हुँदै छ।
51
Shares
प्रतिक्रिया