बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद पनि किन उत्पादन गर्न नसकेको भनेर प्रश्न गरेका छन्।
विस्फोटक पदार्थ पनि छिमेकी देशमा भर पर्नुपर्ने नेपाली सेनाको अवस्था हो? भन्दै पन्तले प्रश्न गरेका हुन्।
ढुंगा फोड्न पनि अरूको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने पन्तले बताए। बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तेड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ? भनेर पन्तले प्रश्न गरेका छन्।
‘सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद पनि आफूले उत्पादन गर्न सक्दैन? ढुङ्गा फोड्न, पड्काउन, अरूको मुख हेरेर ताक्नुपर्ने हो?’ सांसद् पन्तको प्रश्न छ, ‘कुनै बेला वारमा जानुपरे कति दिन थेग्छौँ हामीले हाम्रो गोली गट्ठाले? देश आत्मनिर्भर हुनुपर्दैन आफ्नो रक्षामा?’
नेपाल शान्तिप्रिय देश भएकोले युद्धमा जानु नपर्ला तर कुनै बेला जानुपर्यो भने कति दिन थेग्छ भन्दै पन्तले आक्राेश पोखेका छन्।
Shares
प्रतिक्रिया