ad ad

राजनीति


मधेसमा बहुमत आए कांग्रेसले देशभर एक्लै बहुमत ल्याउँछ : डा. महत

मधेसमा बहुमत आए कांग्रेसले देशभर एक्लै बहुमत ल्याउँछ : डा. महत

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८० बिहिबार १५:२९, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मधेस प्रदेशमा बहुमत ल्याउन सके देशभर एकल बहुमत आउने बताएका छन्। 

 धनुषाधाममा बिहीबारदेखि सुरु कांग्रेसको मधेश प्रदेश कार्यसमितिको सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘मधेसमा बहुमत ल्याउने वातावरण बनाए देशैभरी हामीले देशभर बहुमत ल्याउन सक्छौँ। तर त्यसका लागि एकता आवश्यक छ’, उनले भने, ‘संस्थागत निर्णय लिएर जनताबीचमा जानुपर्छ। निर्णय एउटा तर बाहिर अर्कै भए जनता द्विविधामा पर्छन्। सबैले विवाद बिर्सेर अगाडि जानुपर्छ।’

महतले केन्द्रमा सभापति शेरबहादुर देउवाले छलफल राखेर सामूहिक निष्कर्ष निकाले जस्तै तलसम्म त्यस्तो अभ्यास हुनुपर्ने पनि  बताए। 

‘छलफलबाट निष्कर्ष निकाले कांग्रेस बलियो हुन्छ। देश विकासका लागि अरुले कुरा गर्न सक्छन् तर काम गर्न सक्दैनन्। मधेशका जनताको अधिकारको सुनिश्चितता कांग्रेसका कारण भएको हो’, उनले भने, ‘हामी नै ठीक छैनौँ, हाम्रै नेता ठीक छैन भन्ने कुरा गरेर जनताको विश्वास जित्न सकिँदैन। कांग्रेस एक्लै जित्ने पार्टी बनाउन आन्तरिक एकता चाहिन्छ।’

महतले गठबन्धन आजको बाध्यता रहेकोबताए।  ‘कसैसँग नमिली जित्न सकिँदैन। एक्लै जित्ने परिस्थिति अहिले छैन।
अहिले बहस गर्ने आवश्यकता छैन, संगठन निर्माणको जरुरी छ’, उनले भने, ‘अहिलेबाटै मिलेर अघि बढे हामी अर्को चुनावमा बहुमत ल्याउन सक्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .