ad ad

राजनीति


देउवाकै अगाडि कांग्रेसका मधेस सभापतिले भने : प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्छौँ

देउवाकै अगाडि कांग्रेसका मधेस सभापतिले भने : प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्छौँ

नेपालखबर
पुस ५, २०८० बिहिबार १५:४४, जनकपुरधाम

नेपाली कांग्रेसका मधेस प्रदेश कार्य समिति सभापति कृष्ण यादवले संघीयता आए पनि केन्द्र सरकारले प्रदेशलाई कुनै अधिकार नदिएको बताएका छन्। 

धनुषाधाममा बिहीबारदेखि सुरु कांग्रेसको मधेस प्रदेश कार्यसमितिको सम्मेलनलाई सम्बोधनका क्रममा केन्द्र सरकारले संघीयता लागु गर्न दिएको आरोप लगाएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवासमेत उपस्थित सम्मेलनमा बोल्ने क्रममा उनले पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्दा पनि संघीयता कार्यान्वयनमा चासो नदिएको आरोप लगाए। 

‘संघीय सरकारले प्रदेशलाई कुनै अधिकार दिएन, नाम मात्रैको छ’, उनले भने, ‘पटक पटक प्रधानमन्त्रीलाई भेटेर अधिकार माग्दा पनि दिइएको छैन। प्रधानमन्त्रीले नसुनेकाले आन्दोलनमा जाने अवस्थामा छौँ।’

यादवले प्रदेशमातहत केही अधिकार नरहेको दोहोर्‍याए। ‘प्रदेशमा न पुलिस छ, न प्रशासन छ, न कर्मचारी नै छन्। यसबारे प्रधानमन्त्रीलाई भन्दा पनि सुनुवाइ भएन’, उनले भने, ‘हाम्रो ऐन कानुन नदिए आन्दोलित हुन्छौँ। निजामती कर्मचारी ऐन लागु नभए हामी सिंहदरबार घेर्ने छौँ।’

यादवले मधेसमा संघीयता नै नआएको पनि बताए। ‘मधेसमा संघीयता आएको आभाष भएको छैन’, उनले भने, ‘हामी एकदमै पीडित छौँ। मधेस हामीलाई सुनको अण्डा दिन सक्ने क्षमता भएको छ। तर संघले अधिकार नदिएर हामीलाई हेपिरहेको छ। त्यसैले हामी केन्द्र सरकारलाई दबाब दिन सिंहदरबार घेर्न जान्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .