ad ad

राजनीति


मधेसका मुख्यमन्त्रीमाथि खनिए कांग्रेस सहमहामन्त्री यादव

मधेसका मुख्यमन्त्रीमाथि खनिए कांग्रेस सहमहामन्त्री यादव

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८० बिहिबार १५:५७, काठमाडौँ

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले गठबन्धनको मर्मविपरीत मनपरी गरेको आरोप लगाएका छन्। 

धनुषाधाममा बिहीबारदेखि सुरु कांग्रेसको मधेस प्रदेश कार्यसमितिको सम्मेलनलाई सम्बोधनका क्रममा यादवले मधेसका मुख्यमन्त्री आफूखुसी चलेको बताएका हुन्। 

‘मधेस प्रदेशका मुख्यमन्त्री गठबन्धन अनुसार चलेका छैनन्। गठबन्धनका नाममा तपाईं जे गर्नुहुन्छ, हामी टुलुटुलु हेरेर बस्दैनौँ’, उनले भने, ‘मधेसका मुख्यमन्त्री गठबन्धन अनुसार चलेनन्। गठबन्धनको सरकार छ, तर बारामा कांग्रेस कार्यकर्ताको हत्या हुँदा पनि रमिते बने। कांग्रेसका कुनै कार्यकर्तालाई पञ्चायतमा हत्या हुँदा पनि सहँदैन थियौँ, अहिले पनि सहँदैनौँ।’

उनले जसपा नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई गठबन्धनको मर्मअुनसार अघि बढ्न चेतावनी पनि दिए। ‘तपाईंको १६ सिट मात्रै छ। त्यसै ख्याल गरेर अघि बढ्नुस्’, उनले भने, ‘गठबन्धन कसरी चलाउने हाम्रा सभापति शेरबहादुर देउवाबाट सिक्नुस्।’

यादवले संघीयता र समावेशीतालाई बलियो बनाउन सभापति देउवालाई बलियो बनाउन जरुरी रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .