संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार क्रिश्चियन धर्म नमान्नेहरू देशद्रोही हुन् भनेर दिएको अभिव्यक्तिको विरोधमा राप्रपा नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ।
राप्रपा नेपाल आवद्ध जनवर्गीय संगठनहरूले ९४ ओमकार परिवार र सनातन धर्माबलम्बीको आस्था र विश्वासमाथि प्रहार गर्दै मन्त्री किरातीले बोलेको भन्दै विरोधमा मसाल जुलुस निकालेका हुन्।
उनीहरूले मन्त्री किरातीको अभिव्यक्ति आपत्तिजनक, गैरजिम्मेवार रहेको जनाएका छन्। मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने माग पनि उनीहरूले गरेका छन्। राप्रपाका कार्यकर्ताले किरातीको पुत्ला पनि जलाएका छन्।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले यो साङ्केतिक विरोध मात्रै भएको जनाउँदै राजीनामा नदिए परिस्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन्।
165
Shares
प्रतिक्रिया