सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले दिएको राजीनामा प्रकरणले प्रवेश पाएको छ।
काम गरेर सरकारलाई सफल बनाउने वातावरण नदेखेको भन्दै मंसिर २० गते माओवादी उपमहासचिवसमेत रहेका गजुरेलले प्रचण्डको राजनीतिक सल्लाहकारबाट राजीनामा बुझाएका थिए।
तर, उनको राजीनामा अहिलेसम्म स्वीकृत भइसकेको छैन।
बिहीबार बसेको माओवादी पदाधिकारी बैठकमा नेताहरुले राजीनामा प्रकरण के हो भनेर प्रश्न गरेका थिए।
प्रचण्डले बैठकमा दिएको जवाफ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘हरिबोलजी र म फेरि छलफल गर्छौँ।’
बैठकमा गजुरेलले पनि राजीनामाको विषय राख्न खोजेका थिए।
‘मैले राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको विषय यही बैठकमा राख्न खोजेको हो अध्यक्षज्यू,’ गजुरेलको भनाइ उधृद्त गर्दै ती नेताले थपे, ‘तर प्रधानमन्त्रीले यहाँ राख्ने होइन, तपाई र म छुट्टै कुरा गरौँला भन्नु भयो।’
बैठकले माघ ११ गते तय भएको राष्ट्रियसभा चुनावको उम्मेदवारका लागि सबै प्रदेशबाट नाम सिफारिस गराउने निर्णय गरेको सचिव राम कार्कीले जानकारी दिए।
Shares
प्रतिक्रिया