प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुने दिन ‘क्रमभंग’ हुने खालको काम गर्ने दाबी गरेका छन्।
आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित नेपालकै दोस्रो ठूलो विद्युत् सबस्टेसनको उद्घाटन समारोहमा उनले उक्त दाबी गरेका हुन्।
‘नेपाल उज्यालो छ, नेपालमा सम्भावना छ, जनतामा यो विश्वास बनाउन जगाउन जरुरी छ’, उनले भने, ‘मेरो तेस्रो कार्यकाल एक वर्ष पूरा हुने दिन म क्रमभंग गर्दै छु।’
जनताले महसुस गर्ने गरी आफ्नो सरकारले काम गर्ने दाबी उनले गरे। तर क्रमभंगअन्तर्गत के हुन्छ भन्ने कुरा प्रधानमन्त्रीले खुलाएनन्।
प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते तेस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त भएका थिए।
237
Shares
प्रतिक्रिया