ad ad

राजनीति


उच्च अदालतका न्यायाधीशबारे न्यायपरिषद्‌मा भागबन्डा मिलेन

उच्च अदालतका न्यायाधीशबारे न्यायपरिषद्‌मा भागबन्डा मिलेन

नेपालखबर
पुस ६, २०८० शुक्रबार १७:५६, काठमाडौँ

उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारीका लागि बसेको न्यायपरिषद्को बैठकमा सहमति जुट्न सकेन। भागबन्डामा कुरा नमिलेपछि शुक्रबार बसेको न्यायपरिषद् बैठक अनिर्णित भएको छ।

भागबन्डा नमिलेपछि सहमतिबिनै बैठक उठेको हो। न्यायपरिषद्ले देशभरका उच्च अदालतका रिक्त पदमा न्यायाधीशहरू पदपूर्ति तयारी गरेको थियो।

देशभरका उच्च अदालतहरूमा ३९ जना न्यायाधीशको पद खाली छ।

त्यसमा जिल्ला अदालतका न्यायाधीश, कानुन व्यवसायी र न्याय सेवाका प्रथम श्रेणीका अधिकृतबाटबाट पदपूर्ति गर्ने तयारी थियोे।

न्यायपरिषद्ले अहिलेलाई कानुन व्यवसायीतर्फको कोटा खाली छाडेर न्यायसेवाका प्रथम श्रेणीका अधिकृत र जिल्ला न्यायाधीशमध्येबाट पदपूर्ति गर्नेबारे छलफल गरेको थियोे। तर सहमति नजुटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .