ad ad

राजनीति


ममाथि नयाँ प्रहार सुरु भयो : रवि लामिछाने

ममाथि नयाँ प्रहार सुरु भयो : रवि लामिछाने

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०८० शनिबार १७:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आफूमाथि नयाँ प्रहारहरू सुरु भएको बताएका छन्। पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। 

‘अरुको हकमा भए एउटा पीरले मान्छेलाई थला पार्छ। एउटै दुःखले मान्छेलाई थचक्क बसाल्न पर्याप्त हुन्छ,’ सभापति लामिछानेले भने, ‘मैले एकपछि अर्को पीर, दुःख, घेराबन्दी र षड्यन्त्रको सामना गर्नुपरेको छ। अब त नयाँ प्रहारहरु पनि सुरु भएको रहेछ। सुनाइदिनुहोला यो खबर। रवि लामिछाने तयार छ। नेपाली जनतालाई गरेको वाचा पूरा गर्न तयार छ।’

उनले आफू कुनै चिजबाट पनि पछि हट्नका लागि राजनीतिमा नआएको बताए। देश र जनतालाई धोका दिनेगरी आफू राजनीतिमा नआएको बताए।

‘कुनै चिजबाट पछि हट्न म राजनीतिमा आएको हैन। म राजनीति छाडेपछि सरकारले दिने लोभ र र्याल काढेर आएको होइन,’ उनले भने।

उनले पटक पटक लडेपनि उठेर धुलो टकटक्याउँदै अघि बढ्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .