ad ad

राजनीति


सबैले राम्रो काम गरे पार्टी आफैँ सुध्रिन्छ : पूर्णबहादुर खड्का

सबैले राम्रो काम गरे पार्टी आफैँ सुध्रिन्छ : पूर्णबहादुर खड्का

नेपालखबर
पुस ७, २०८० शनिबार २०:५८, काठमाडौँ

उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्वमा रहेका सबैले राम्रो काम गरे पार्टी आफैँ सुध्रिने बताएका छन्।

कांग्रेस बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पार्टी उपसभापति खड्काले पार्टीलाई सुधार गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको रहेको बताएका हुन्।

शनिबार आयोजित कार्यक्रममा उपसभापति खड्काले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने पनि बताए। ‘बागमती प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाएको छ। यहाँ आएका सुझावहरूबाट हामीलाई प्रेरणा मिलेको छ,’ उनले भने, ‘पार्टी नेतृत्वमा सुधारिएको व्यक्ति आएमा र हामीले आफैँमा सुधार ल्याएमा पार्टीमा पनि सुधार हुने हो। हाम्रो पार्टी भगवान्,  वीपी र  गणेशमान आएर सुधार गर्नुहुन्न, हामीले नै गर्ने हो।’

पार्टी सुधारका लागि जिम्मेवार पदमा रहेकाहरूले काम गर्नुपर्ने उपसभापति खड्काको भनाइ थियो।

‘जिम्मेवारीमा भएकाहरूले बोलेर मात्रै हुँदैन। सबैलाई जोडेर संविधान बनाउन सक्ने पार्टीले आफ्नै पार्टी बनाउन नसक्ने भन्ने हुँदैन,’ खड्काको भनाइ थियो।

उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति खड्काले गणतन्त्रले जनतालाई मालिक बनाएको स्मरण गराएका थिए।

गणतन्त्रलाई हल्लाउने प्रयास भइरहेको बताउँदै उनले संविधानको रक्षा कांग्रेसले गर्ने बताए। 

‘सरकारले सबै ठीक गर्‍यो वा सरकारले सबै बेठीक गर्‍यो भन्ने दुवै भनाइ गलत छन्। सरकारले इमानदारितापूर्वक मध्यम काम गरेको छ, सत्य यही हो,’ उनले भने, ‘तर, गरेको काम गरेको भनिदिनुपर्‍यो। सकरात्मक सोचले सदाचारका लागि गरिरहेका प्रयासलाई पार्टीले बिर्सिनु भएन।’

पार्टी सभापतिसँग गुनासो के का लागि हो भन्ने पनि उपसभापति खड्काले प्रश्न गरेका थिए।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व आगामी महाधिवेशनबाट छोड्ने घोषणा गरिसकेको अवस्थामा राम्रो काम गरेर कमजोरी सुधारी अघि बढ्नुपर्ने खड्काले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .