ad ad

राजनीति


मध्यपहाडी संकल्प यात्राबारे एमालेको अन्तरसंवाद (लाइभ)


नेपालखबर
पुस ८ , काठमाडौँ

नेकपा एमालेले चलाएको मध्यपहाडी संकल्प यात्राबारेमा नेकपा एमालेले आइतबार पत्रकारहरूसँग अन्तरसंवाद गरिरहेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अन्तरसंवादमा अहिले अध्यक्ष केपी शर्मा ओलीले बोलिरहेका छन्। 

संकल्प यात्राको विषयमा एमालेले अध्यक्ष ओली र पधाधिकारीहरूसँग पत्रकारहरको अन्तरसम्वाद राखेको हो। 

एमालेले १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा १८औँ दिनमा पाँचथरको चिवाभन्ज्याङ पुगेर सकिएको थियो।

उक्त यात्राका सहभागीले पुष्पलाल मध्यपहाडी लोकमार्गको १८ सय किलोमिटर दूरी पार गरेका थिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको हरक्षण नेतृत्व रहेको यात्रामा केन्द्रीय पदाधिकारीदेखि पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता र जनसंगठनका सदस्यहरू सहभागी थिए।

यात्रामा दुई सय कार्यक्रम भएका एमालेले जनाएको छ। यात्राका क्रममा २५ लाख जनतासँग संवाद गरेको दाबी एमालेले गरेको छ।

 

पुस ८, २०८० आइतबार १३:३७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .