ad ad

राजनीति


ओलीले भने : एमालेको ‘समृद्धि यात्रा’ उत्साहप्रद र सफल भयो

ओलीले भने : एमालेको ‘समृद्धि यात्रा’ उत्साहप्रद र सफल भयो

नेपालखबर
पुस ८, २०८० आइतबार १३:४३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ उत्साहप्रद र सफल भएको बताएका छन्।

यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताको असाधारण सहभागी रहेको बताए।

‘हाम्रो यात्रा उत्साहप्रद र सफल भयो। यसमा जनताको चासो, सरोकार, साथ, सहयोग, समर्थन जुन कोणबाट हेर्दा पनि असाधारण सहयोग रह्यो,’ ओलीले भने।

 

यात्राका क्रममा धेरै प्रकारका संलग्नता रहेको भन्दै ओलीले यात्रा सफल भएको दाबी गरे। ‘यात्रा सफल मात्रै भएन, त्यसका उद्देश्यहरु जे थिए, त्यसले हाम्रो विविधतालाई एक बनाउन सहयोग गर्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .