नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्ग ‘बैंसमा दाँत फुक्लिएको’ जस्तो देखिएको टिप्पणी गरेका छन्।
‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का अनुभव, समीक्षा र सन्देशबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।
ओलीलाई सञ्चारकर्मीले मध्यपहाडी लोकमार्गमा सबै दलले आफैं बनाएको भन्छन्, खास के हो? भन्दै प्रश्न गरेका थिए।
प्रश्नको जवाफमा उनले भने, ‘केपी ओलीले बनाएको बनाएको भन्छन् धरहरा, इन्जिनियर, कर्मी आदीले बनाएको हो पनि भन्छन्!’
साथै, उनले मध्यपहाडी लोकमार्गसँग जोडिएका कुराहरू राम्रो हुनुपर्ने बताए।
‘तसर्थ, यसको उठान र निर्माणसँग जोडिएका सबै कुराहरू राम्रो हुनुपर्छ। मध्यपहाडी भेगको जीवनलाई, जवानीलाई। अहिले बैंसमा दाँत फुक्लिएको जस्तो भएको छ,’ ओलीले भने, ‘त्यसलाई जोगाउने हो भने विकासका पूर्वाधार तयार गर्नेदेखि लिएर त्यहाँका हार्डवेयर बनाउने काम गर्नुपर्छ।’
ओलीले थपे, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का सन्दर्भमा प्रचण्ड र देउवासँग पनि कुरा भएको थियो। गठबन्धन, सरकार र प्रधानमन्त्रीसँग गर्नुपर्ने थुप्रै कुराहरू छन्। त्यहाँका जनता र भूगोलले मागेका कुराहरू धेरै छन्।’
Shares
प्रतिक्रिया