नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितका लागि कुनै ठोस काम गर्न नसकेको बताएका छन्।
‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जाजरकोट र रुकुमपश्चिममा केही काम गरेको नदेखिएको बताए।
‘हामी भ्रमणको क्रममा जाजरकोट, रुकुममा अहिलेसम्म सरकारको तर्फबाट कुनै ठोस काम गरेको देखिएन, बेहाल अवस्थामा जनता देखिए,’ ओलीले भने।
साथै, उनले पार्टीका स्वंयसेवकहरूले १ हजार भन्दा बढी घर बनाएर वितरण गरेको दाबी गरे।
‘एमाले भोलिन्टियरले त्यति गर्न सक्छ भने सरकारले ६० हजार घर बनाउन सक्दैन थियो?’ ओलीले प्रश्न गरे।
42
Shares
प्रतिक्रिया