नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन्।
आईतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए।
उनले राजनीतिक दलहरुले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने बताए।
सभापति देउवाले नेता स्व. भट्टराई कुनैपनि बद्नामले नछोएको व्यक्ति भएको बताए। उनले नेता भट्टराईको खोजिनीति गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताए।
उनले भने, ‘भट्टराईजीका बारेमा जति बोलेपनि पुग्दैन। उहाँ निर्लोभी, कुनैपनि बद्नामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो। वास्तवमा उहाँको विषयमा खोजिनीति हुनुपर्छ। उहाँको विश्लेषण हुनुपर्छ। उहाँको कुरा कितावमा लेख्नुपर्छ। यो कुरामा हामी लागेका छौँ।’
सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गरे।
Shares
प्रतिक्रिया