ad ad

राजनीति


दुर्गा प्रसाईंले थाले १४ अञ्चल संरचनाको अभ्यास, देशभर सभा गर्ने निर्णय

दुर्गा प्रसाईंले थाले १४ अञ्चल संरचनाको अभ्यास, देशभर सभा गर्ने निर्णय

नेपालखबर
पुस ८, २०८० आइतबार २२:२४, काठमाडौँ

दुर्गा प्रसाईले राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाऊ महाभियानलाई देशभर पुर्‍याउने भएका छन्।

अभियानका संयोजकसमेत रहेका उनलेे आफ्नो आन्दोलनलाई तत्कालीन १४ अञ्चल र ७५ जिल्लामै पुर्‍याउने निर्णय आइतबार भक्तपुरमा बसेको बैठकबाट गराएका हुन्।

प्रसाईंको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले १४ अञ्चलका कम्तीमा २० ठाउँमा सभा गर्ने भएको छ। ती सभालाई प्रसाईं आफैंले सम्बोधन गर्ने भएका छन्।

बैठकले महाअभियानको केन्द्रीय कमिटी पनि १५१ सदस्यीय बनाउने निर्णय गरेको छ। जसमा ५१ सदस्यीय सचिवालय बनाउने निर्णय भएको प्रसाईंले बताए।

आइतबारको बैठकले महाअभियानका लागि तीनवटा विभाग पनि गठन गरेको छ। 

जसमध्ये बैंक तथा वित्तीय समस्या समाधानका लागि ऋणी एसोसिएसन विभाग गठन गर्ने निर्णय बैठकबाट भएको छ। उक्त विभागको संयोजक देवी संग्रौलालाई तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .