ad ad

राजनीति


टीआरसी टुङ्ग्याउन सोमबार पनि तीन नेताबीच छलफल

टीआरसी टुङ्ग्याउन सोमबार पनि तीन नेताबीच छलफल

नेपालखबर
पुस ९, २०८० सोमबार १४:५९, काठमाडौँ

संक्रमणकालीन न्याय सम्बन्धी विषयमा सोमबार पनि तीन नेताबीच छलफल हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल जारी रहने बालुवाटार स्रोतले जनाएको छ।

छलफलका लागि प्रधानमन्त्री दाहालले सोमबार अपरान्ह साढे चार बजे तीन नेताको बैठक बोलाएका छन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति जुटाउन आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

सो विधेयक संसदमा विचाराधिन अवस्थामा छ। विधेयक अगाडि बढाउने तयारी हुँदा दलहरुबीच सहमति नजुटेकाले संसदको बजेट अधिवेशनमा पेस भएको थिएन।

सरकारले छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .