ad ad

राजनीति


राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)


नेपालखबर
पुस १० , काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। 

प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। 

अहिले साँझ पाँच बजे प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गर्न थालेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले एक वर्षे कार्यकाल पूरा हुँदै गर्दा विशेष खुलासा गर्ने यसअघि सार्वजनिक कार्यक्रममार्फत बताएका थिए। 

अघिल्लो वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड क्याबिनेटका मन्त्रीहरूलाई एक महिनाको समय दिएर रिपोर्ट कार्ड माग्ने तयारीमा छन्। 

प्रधानमन्त्री प्रचण्ड मन्त्रीहरूको छुट्टाछुट्टै प्रगति विवरण लिइरहेका छन्। प्रचण्डको कार्यकक्षमा मन्त्री स्वयम् उपस्थित भएर प्रगतिविवरण प्रस्तुत गरिरहेका छन्।

पुस १०, २०८० मंगलबार १७:४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .