राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाँदै छन्। गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि उनी त्यहाँ जाने भएका हुन्।
राष्ट्रपति पौडेलले महोत्सव उद्घाटनका साथै बागलुङ कालिका मन्दिरको दर्शन गर्ने तथा र शालिग्राम संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ।
पुस २१ गतेसम्म चल्ने बागलुङ महोत्सवमा १२० भन्दा बढी स्टल रहने र झन्डै सात लाख दर्शकले अवलोकन गर्ने आयोजक बागलुङ उद्योग वाणिज्य संघको अनुमान छ।
संघका अनुसार महोत्सवमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलनलगायत गतिविधि हुनेछन्।
33
Shares
प्रतिक्रिया