ad ad

राजनीति


प्रधानमन्त्री निवासमा समाजवादी मोर्चाको बैठक

प्रधानमन्त्री निवासमा समाजवादी मोर्चाको बैठक

नेपालखबर
पुस ११, २०८० बुधबार ९:१५, काठमाडौँ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समाजवादी मोर्चाका नेताहरुबीच अहिले छलफल भैरहेको छ।

बुधबार बिहान नौ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, माधव नेपाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल लगायतका नेता सहभागी छन्। 

यो नियमति बैठक भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बसेको हो,’ आचार्यले नेपालखबरसँग भने। 

समाजवादी मोर्चामा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्तामै रहेको जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको विप्लव नेतृत्वको नेकपा संलग्न छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .