ad ad

राजनीति


समाजवादी मोर्चाको बैठक साँझ फेरि बस्ने, ‘विप्लवलाई पक्राउ पुर्जी जारीबारे छलफल हुने’

समाजवादी मोर्चाको बैठक साँझ फेरि बस्ने, ‘विप्लवलाई पक्राउ पुर्जी जारीबारे छलफल हुने’

नेपालखबर
पुस ११, २०८० बुधबार १०:४८, काठमाडौँ

अदालतबाट पक्राउ पुर्जी जारी भए पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ आज (बुधबार) बिहान बसेको समाजवादी मोर्चाको बैठकमा सहभागी भएका छन्। 

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मोर्चाको बैठकबाट बाहिरिने क्रममा विप्लवले मोर्चाको बैठक साँझ ६ बजे पुनः बस्ने र त्यसमा आफूलाई पक्राउ पुर्जी जारी गरेको विषयमा छलफल हुने बताएका छन्। 

‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन्’, उनले भने, ‘यो विषयमा आजै साँझ ६ बजे बस्ने बैठकमा छलफल हुन्छ।’

बिहानको बैठकमा पनि अदालतबाट जारी पुर्जी र आफ्नो पार्टीसँग सरकारले गरेको सहमतिका विषयमा ध्यानाकर्षण गराइएको उनको भनाइ छ। 

काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको राज्यविरुद्धको कसुरमा महासचिव विप्लवसहित नेकपामा पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध  पक्राउ पुर्जी जारी गरेको छ। 

आजको समाजवादी बैठकमा अरू के के विषयमा छलफल भयो भन्ने कुरा सार्वजनिक भइसकेको छैन। 

बुधबार बिहान बसेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, माधव नेपाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल लगायतका नेता सहभागी भएका थिए। 

समाजवादी मोर्चामा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्तामै रहेको जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .