सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक काठमाडौँमा सुरु भएको छ।
बैठक मध्यान्ह १२ बजेदेखि सुरु भएर तीन दिनसम्म चल्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
बैठकमा पार्टीको विधान हेरफेरसहित आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल हुने छ। बैठकमा प्रदेश, क्षेत्र र भूगोलमा नेताहरूको जिम्मेवारी तोकिने खतिवडाले बताए।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकाे तर्फबाट उम्मेदवारको छनोटका लागि मापदण्ड, सङ्गठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न कार्ययोजनाबारे पनि छलफल हुँदैछ।
बैठकमा विधान संशोधन प्रस्तावमा पनि छलफल हुने खतिवडाले बताए। बैठकका लागि देशभरबाट समाजवादीका केन्द्रीय सदस्यहरू काठमाडौँमा जम्मा भएका छन्।
15
Shares
प्रतिक्रिया