ad ad

राजनीति


झलनाथको चिन्ता : साम्राज्यवादीहरू कम्युनिस्ट सिध्याएर दक्षिणपन्थीलाई सत्तामा ल्याउन खोज्दै छन्

झलनाथको चिन्ता : साम्राज्यवादीहरू कम्युनिस्ट सिध्याएर दक्षिणपन्थीलाई सत्तामा ल्याउन खोज्दै छन्

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस ११, २०८० बुधबार १२:५१, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले साम्राज्यवादीहरूले नेपालका कम्युनिस्ट पार्टी सिध्याउने अभियान चलाएको बताएका छन्। 

ललितपुरमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘साम्राज्यवादीहरू हाम्रो देशलाई पकडमा लिन चाहन्छन्। विश्व अहिले साम्राज्यवादी र विरोधी खेमामा विभाजित हुँदै गएको छ’, उनले भने, ‘एकातिर समाजवादी चीन छ, अर्कातिर भारत छ। यस्तोमा कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्न साम्राज्यवादी लागेका छन्। देशका वामपन्थीलाई कमजोर बनाएर दक्षिणपन्थीलाई बलियो र सुदृढ बनाउन चाहन्छन्।’

खनालले अहिले २०८४ को निर्वाचनमा दक्षिणपन्थीहरूलाई सत्तामा लैजाने अभियानमा रहेको बताए। 

‘साम्राज्यवादीहरू आगामी निर्वाचनमा दक्षिणपन्थीलाई जिताउने गरी लागेका छन्’, उनले भने, ‘त्यसकारण जनतालाई सचेत बनाउने र सही नेतृत्व दिने काममा हामी लाग्नुपर्छ।’ 

उनले यसअघी वामपन्थीहरूको कार्यगत एकता गरेर दुईतिहाइ बहुमत ल्याएको स्मरण गरे। 

‘तर कम्युनिस्ट आन्दोलन आफ्नै कारणले तहसनहस हुने अवस्थामा पुर्‍यायो’, उनले भने, ‘केही मान्छेको अहमता र घमण्डका कारण कम्युनिस्ट आन्दोलनलाई धक्का लागेको छ। यसलाई सिद्धयाउन भित्री-बाहिरी शक्ति लागेका छन्।’

खनालले कम्युनिस्ट आन्दोलन पुनर्गठित गर्न अब दह्रो जगमा उभिनैपर्ने अवस्था आएको पनि बैठकमा बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .