ad ad

राजनीति


७० वर्षे उमेर हदबारे झलनाथले भने : अब यो कुराको सान्दर्भिकता सकियो

७० वर्षे उमेर हदबारे झलनाथले भने : अब यो कुराको सान्दर्भिकता सकियो

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस ११, २०८० बुधबार १३:६, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेर हदको अब सान्दर्भिकता नरहेको बताएका छन्। 

तत्कालीन अवस्थामा नेकपा एमालेको नवौँ महाधिवेशनमा व्यवस्था गरिएको ७० वर्षे उमेर हद लागु हुनै नसकेको बताउँदै खनाले अब सान्दर्भिकता नै सकिएको बताएका हुन्। 

‘पार्टीमा अधिकांश ६० वर्षमाथिका रहेछन्। युवाहरूलाई ४० प्रतिशत हिस्सा दिनुपर्छ। उमेर हदको कुरा गर्दा एमालको नवौँ महाधिवेशनमा ७० वर्ष भनेर राखेका थियौँ। उमेर हद त राख्यौँ तर त्यो कार्यान्वयन भएन। हामीले ७० भन्दा तल तलको नेता पनि जन्माउन सकेनौँ’, ललितपुरको कान्तिपुर गार्डेनमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्द उनले भने, ‘विचारवान युवाहरूको पंक्ति उत्पादनलाई प्राथमिकता दिनुपर्छ। उमेर हदको कुरा अब सान्दर्भिक देखिँदैन। यसको सन्दर्भ नै रहेन।’ 

उमेर हदलाई लिएर आफ्नो सुझाव पनि दिन पनि खनालले केन्द्रीय सदस्यहरूलाई आग्रह गरे। 

एकीकृत समाजवादीले यसअघि नै ७० वर्षे उमेर हदको व्यवस्था हटाउने तयारी गरेको थियो। गत साता बसेको सचिवालय बैठकमा उमेर हदको व्यवस्थालाई स्वैच्छिक बनाउन नेताहरू सहमत भएका थिए। 

त्यसबेला समाजवादीले सक्रिय राजनीतिबाट अवकाश लिने कुरालाई स्वेच्छिक बनाउन सबै नेताहरू सहमत भएका थिए। समाजवादीले यो कुरालाई विधानमै राखेर बाध्यकारी बनाउन नहुने निर्णय लिन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .