ad ad

राजनीति


‘पार्टी एनजिओ जस्तो भयो, ठूलो कमिटीले काम गर्न सकेन’

‘पार्टी एनजिओ जस्तो भयो, ठूलो कमिटीले काम गर्न सकेन’

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस ११, २०८० बुधबार १३:१४, काठमाडौँ


नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले ठूलो कमिटी बनाउँदा संगठन चल्नै नसकेको बताएका छन्। 

ललितपुरको कान्तिपुर गार्डेनमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले माथिदेखि तलसम्म कमिको संख्या छरितो बनाउनुपर्ने बताएका हुन्। 

‘हाम्रो केन्द्रीय कमिटी धेरै ठूलो भयो, यसको आकार घटाऊँ’, उनले भने, ‘बैठक राख्न पनि दुईचार लाख नभइ सकिँदैन। सामूहिक छलफल गर्दा पनि एनजिओ जस्तो भयो भनिन्छ। ठूलो कमिटीले काम गर्न सक्दैन। अहिले हाम्रो बैठक पनि मेला जस्तो भएको छ।’

खनालले संगठन चुस्त बनाउन नसकेमा पार्टी अघि बढ्न नसक्ने सुझाए। त्यसैले कमिटी छरितो बनाउने गरी पार्टीमा ब्यापक छलफल आवश्यक रहेको उनको भनाइ थियो।

खनालले विचारवान युवाहरूको पंक्ति उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउँदै अब संगठनलाई वडासम्म पुर्‍याएर दह्रोगरी खुट्टा टेक्नुपर्ने उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .