ad ad

राजनीति


प्रतिगामीले टाउको उठाउन थाले, देश सजिलो अवस्थामा छैन : माधव नेपाल

प्रतिगामीले टाउको उठाउन थाले, देश सजिलो अवस्थामा छैन : माधव नेपाल

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस ११, २०८० बुधबार १३:४३, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा फेरि प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेको बताएका छन्। 

ललितपुरको कान्तिपुर गार्डेनमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘प्रतिगामीहरूले टाउको उठाउन थालेका छन्। दक्षिणपन्थीहरू सल्बलाउन थालेका छन्’, उनले भने,‘देशको अवस्थाबारेमा मैले समाजवादी मोर्चाको बैठकमा कुरा राखेको छु। त्यो बैठकमा गम्भीर छलफल चलिरहेको छ। छलफलमा अहिले नेपालको राजनीति कुन अवस्थाबाट गुज्रिँदैछ। अहिले हाम्रो देशको स्वाधिनतामाथि आक्रमण भइरहेको छ कि छैन। यी सबै कुरामा हामीले व्यापक छलफल गरौँ।’ 

उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउने र लोकप्रिय बनाउने काममा लाग्नुपर्ने पनि बताए। ‘यस कुरामा सबै सहमत भएका छन्। चिन्ता हामीलाई मात्रै छैन अरुलाई पनि छ। अरुलाई पनि चिन्ता हुनुपर्छ भनेका छौँ’, नेपालले भने, ‘जनतामा निराशा बढेको छ, राजनीतिमा वितृष्णा र पार्टीहरुप्रति असन्तोषको कारण खोजौँ र सुधार गरौँ।’

नेपालले संविधान र राष्ट्रियताको मुद्दामा प्रगतिशील शक्तिलाई एकतावद्ध गर्नु आवश्यक रहेको पनि बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .