ad ad

राजनीति


मुकुन्द न्यौपानेबारे माधव नेपाल : छाडेर गइगए, हामीले टाउको ठोकेर केही हुँदैन

मुकुन्द न्यौपानेबारे माधव नेपाल : छाडेर गइगए, हामीले टाउको ठोकेर केही हुँदैन

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस ११, २०८० बुधबार १४:५, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संगठन विस्तारसँगै नेता-कार्यकर्ता टिकाउनु चुनौतीपूर्ण रहेको बताएका छन्। 

ललितपुरको कान्तिपुर गार्डेनमा बुधबारदेखि सुरू केन्द्रीय कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमा नेता-कार्यकर्तालाई टिकाएर राख्न विशेष पहल गर्नुपर्ने बताए।

दोलखा र धनुषासहितका जिल्लामा पार्टीप्रति लोभलाग्दो आकर्षण देखिएको भन्दै नेपालले अब योगदानका आधारमा सबैलाई उचित जिम्मेवारी दिनुपर्ने बताएका छन्। 

पार्टी छाडेर गएका वरिष्ठ नेता मुकुन्द न्यौपाने र उपाध्यक्ष केदार न्यौपानेलाई पनि नेपालले सम्बोधनका क्रममा सम्झिएका छन्। छाडेर जानेलाई सम्झेर अब बसिरहनुको अर्थ नरहेको उनको भनाइ छ। 

‘मुकुन्द न्यौपाने जानु भयो, उपाध्यक्ष केदार न्यौपाने पनि पार्टी छाडेर जानु भयो। हामीले जिम्मेवारी त दिएकै थियौँ नि!’, उनले भने, ‘अब छाडेर जानेलाई सम्झिएर टाउको ठोक्न त भएन नि!’

अध्यक्ष नेपालले सम्बोधनका क्रममा एमालेका गएका नेता-कार्यकर्ताहरू अहिले पछुताएर सम्पर्कमा आउन थालेको बताए। ‘केही साथीहरू मेरो सम्पर्कमा आउनु भएको छ। तर उहाँहरूलाई चिन्ता यताउता गरिरहने आरोपको रहेछ’, उनले भने, ‘एमालेबाट पनि अझै साथीहरू हामीकहाँ आउने उचित अवसरको खोजीमा रहेको देखेको छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .