प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आमूल परिवर्तन गर्ने गरी नयाँ ढंगले अघि बढ्ने बताएका छन्।
गोरखा जानुअघि बुधबार बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकमा दाहालले यस्तो बताएको संयोजक माधवकुमार नेपालले जानकारी दिए।
अध्यक्ष नेपालले मोर्चाको बैठकमा नेपाली विशेषताको समाजवादबारे गम्भीर बहस भएको बताए। ‘समाजवादी मोर्चामा पनि यो कुरा गरेका छौँ। किन जनताले चाहेअनुसारको परिणाम दिन सकेको छैन। यसका कारणहरू खोजौँ भनेका छौँ’, उनले भने, ‘प्रधानमन्त्रीले पनि नेपाली विशेषताको समाजवादका लागि नयाँ ढंगले अघि बढ्ने बताउनु भएको छ।’
नेपालले अब देशमा आमुल हेरफेर गर्ने गरी काम थाल्ने बताएको नेपालले सुनाए। ‘प्रधानमन्त्रीले पनि नयाँ ढंगले जानुपर्छ भनेका छन्। आमूल हेरफेर गर्छु भनेका छन्’, उनले भने,‘हामीले नेपाली राजनीतिको कोर्ष परिवर्तन गर्दै आएका छौँ। मोर्चाले पनि नेपाली विशेषताको समाजवादका लागि प्रधानमन्त्रीलाई पूरा साथ दिने भनेको छ।’
Shares
प्रतिक्रिया