ad ad

राजनीति


पहिलो वर्ष राम्रो सुरुवात भएको छ, ४ वर्ष झन् राम्रो काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

पहिलो वर्ष राम्रो सुरुवात भएको छ, ४ वर्ष झन् राम्रो काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
पुस ११, २०८० बुधबार १६:१२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन्। गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउँदै प्रधानमन्त्रीले बाँकी ४ वर्षमा धेरै राम्रा काम गरिने बताए।

उनले भने, ‘सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने केही कामहरु गरेको छ। नागरिकता समस्या, मिटरब्याजीको समस्या, सामाजिक सुरक्षाको क्षेत्रमा, विकास निर्माणको क्षेत्रमा सरकारले बूढीगण्डकी आयोजना, जलवायु न्यायको विषयमा पर्वतीय देशहरुको नेतृत्व गरिएको  छ। एक वर्षमा यति काम भएभने बाँकी ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन्।’

सरकारले राम्रा कामको सुरुवात गरेको भएको भएपनि गणतन्त्र र परिर्वतन विरोधीहरूले ती काम राम्रा भए भनेर नभन्ने बताउँदै राम्रा कामको प्रचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले गाउँगाउँमा सिंहदरबारको रुपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गरेका छौं। यसबाट धेरै राम्रा काम पनि भएका छन्। त्यसको पक्षमा हामीले बोल्नुपर्छ। सरकारका राम्रा कामको प्रचार हामीले नै गर्नुपर्छ।’

पछिल्लो समय परिर्वतन विरोधीहरूले सरकार, गठबन्धन र प्राप्त उपलब्धिका विरुद्ध षडयन्त्र गरिरहेको प्रधानमन्त्रीले बताए। त्यसकै कारण नकारात्मक मात्रै देखाएर अँध्यारो मात्रै देखाउने काम गर्न खोजिएको उनले बताए। यद्यपी त्यस्ता सडयन्त्र र परिर्वतन विरोधी अवरोध छिचोल्न सरकार सफल बनेको प्रधानमन्त्रीको भनाई छ।

‘गठबन्धनका विरुद्ध विभिन्न षडयन्त्र र धार्मिका द्वन्द्व सिर्जना गर्न खोजियो। तर उनीहरुले जतिसुकै बल गरेपनि केही भएको छैन। हामीले बडो धैर्यताको साथ धार्मिक र अतिवादी प्रयास विफल तुल्यायौं,’ प्रधानमन्त्री प्रचण्डले भने।

नेकपा (माओवादी केन्द्र)को जनतासँग रुपान्तरण अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड सातवटा प्रदेशका सात वटा वडा जानुपर्ने कार्यक्रम अन्तर्गत वारपाक सुलिकोट गाउँपालिको ८ वडा उनको जिम्मा परेको थियो। सोही कार्यक्रम अन्तर्गत उनी कार्यक्रममा सहभागी हुन गोरखा पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .