नेकपा(एकीकृत समाजवादी) केन्द्रीय कमिटीको सातौँ बैठक बिहीबार दोश्रो दिन पनि जारी छ।
बुधबारदेखि सुरु बैठक ललितपुरस्थित कान्तिपुर गार्डेनमा जारी रहेको हो।
बैठकमा केन्द्रीय सदस्यहरूले प्रस्तावित विधानमा आ–आफ्नो धारणा राखिरहेका छन्।
यो समाचार तयार पार्दासम्म मसौदाका १० प्रश्नमा केन्द्रित रहेर ३० जनाले आफ्नो धारणा राखेका छन्। समाजवादीको बैठक शुक्रबारसम्म चल्नेछ।
36
Shares
प्रतिक्रिया