ad ad

राजनीति


मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो, राष्ट्रपति र प्रधानमन्त्रीको हट्यो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो, राष्ट्रपति र प्रधानमन्त्रीको हट्यो

नेपालखबर
पुस १२, २०८० बिहिबार १३:२६, काठमाडौँ

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएका छन्।

धरानको विकासका लागि आफूले मागेअनुसार बजेट र सहयोग नगरेको गुनासो गर्दै आएका उनले बुधबार देशका दुवै शीर्ष व्यक्तिको फोटो आफ्नो कार्यकक्षबाट हटाउने घोषणा गेका थिए।

उक्त घोषणाअनुसार प्रमुख साम्पाङले आफ्नो कार्यकक्षको भित्तामा राखिका राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइदिएका हुन्। 

‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु। जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ, त्यो दिन फेरि उनीहरूको फोटो टाँस्नेछु’, उनले बुधबार भनेका थिए। 

उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि पहिलो किराती राजा यलम्बरको फोटो टाँसेका छन्। 

यलम्बर प्रथम किराती राजा थिए। उनले किरातीहरूको रहनसहन व्यापार लगायत रीतिथिति, संस्कार, संस्कृति जोगाउन भूमिका खेलेको मानिन्छ। 

काठमाडौं उपत्यका गोपाल वंशका राजालाई पराजित गरी आफ्नो राज्य स्थापित गर्ने पहिलो किरात यलम्बर थिए। जसले त्यसबेला लामो समय शासन गरेको बताइन्छ। 

यलम्बरपछि किराती राजाहरूले त्यसबेल १९०३ वर्ष ८ महिना लामो तथा ३१ पुस्तासम्म लागि काठमाडौँ उपत्यकामा शासन गरेको इतिहासविदहरू बताउँछन्। 

धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर उनै राजा ‘यलम्बर’को फोटो राखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .