ad ad

राजनीति


लक्ष्मी पुनलाई पशुपतिमा नियुक्तिबारेको कागजात संसदीय समितिले झिकायो

लक्ष्मी पुनलाई पशुपतिमा नियुक्तिबारेको कागजात संसदीय समितिले झिकायो

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८० बिहिबार १४:७, काठमाडौँ

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिबारेको कागजात माग गरेको छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रकी नेतृ पत्रकार लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशक बनाउने क्रममा पेश गरिएका कागजात उपलब्ध गराउन समितिले बिहीबार सम्बन्धित पक्षलाई निर्देशन दिएको हो। 

समितिको बैठकमा विभिन्न दलका सांसदहरूले पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशकमा गरिएको नियुक्तिबारे प्रश्न उठाएका थिए।

समितिको बैठकपछि निर्णय सुनाउँदै सभापति राजकिशोर यादवले ३ दिनभित्र कागजात उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोशलाई निर्देशन दिए।

गत ४ पुसमा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।

पुनलाई विशिष्ट श्रेणी (नेपाल सरकारको सचिव) सरह सेवा सुविधा पाउने गरी चार वर्षका पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएपछि विवाद भइरहेको छ।

पुन माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रेस संयोजक भएकी थिइन्। उनी सत्तारुढ माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .