ad ad

राजनीति


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, बालकुमारी घटनाको उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, बालकुमारी घटनाको उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८० सोमबार ९:१३, काठमाडौँ

मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार बिहान साढे ८ बजेदेखि मन्त्रिपरिषद्को बैठक बसेको हो। 

मन्त्रिपरिषद् बैठकले गएको शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनाका बारेमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्रीले हिजै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए। 

गृह मन्त्रालयको प्रस्तावमा मन्‍त्रिपरिषद्‍को बैठकले आयोग गठनको आज औपचारिक निर्णय गर्नेछ। गठनहुने आयोगले आजैदेखि कार्य प्रारम्भ गर्ने आचार्यले बताए।

पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाले उत्पादनमूलक कामको भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। 

घटनापछि सरकारले ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तानेको छ। त्यसैगरी सरकारले प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई पनि हेड्क्वाटर तानेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .