नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।
सोमबार बिहान सिंहदरबारमा बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता राईले बालकुमारी घटनाको जिम्मेवारी लिँदै पदबाट राजीनामा गर्न गृहमन्त्रीलाई भनेका हुन्।
गएको शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनामा समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफको लागि बैठकमा बोलाएको थियो।
‘गृहमन्त्रीज्यु तपाईं शालीन ब्यक्ति, तपाईं राजिनामा दिनुस्। युवाहरू विदेश गएर काम गर्न चाहन्छु भन्दा तपाईं ताकी ताकी गोली हान्नु हुन्छ भने तपाईंले राजीनामा नदिए कस्ले दिन्छ?’ राईले बैठकमा भने, ‘चारैतिर असन्तुष्टि छ। अनि कसरी सुशासन हुन्छ? मान्छे मार्न पाइन्छ? तपाईं नै गृहमन्त्री रहिरने हो भने अब के होला? युवाहरू सम्झाउन पर्थ्यो। किन मारेको?’
Shares
प्रतिक्रिया