सरकारले रुस र युक्रेनमा श्रम स्वीकृति बन्द गरेको छ।
वैदेशिक रोजगार विभागले बिहीबार सूचना प्रकाशित गरी अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको जनाएको छ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘हाल रसिया तथा युक्रेनबीच युद्ध भई रहेको तथा नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको समाचारहरू विभिन्न समाचार पत्रमा आई रहेको सन्दर्भमा र यस विषयमा अध्ययन तथा छानबिन समेत भईरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ।’
सरकारले रुसी सेनामा दुई सय जना नेपाली रहेको यसअघि सार्वजनिक गरेको थियो। जसमध्ये १० जनाको निधन भइसकेको छ भने चार जना युक्रेनको कब्जामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस्तै, युक्रेनी सेनामा पनि नेपालीहरू भर्ना भएको जनाएपनि त्यसको आधिकारीक तथ्यांक सरकारसँग छैन।
Shares
प्रतिक्रिया