ad ad

राजनीति


राष्ट्रियसभा सिट बाँडफाँड : गठबन्धन लगत्तै बालुवाटारमा सुरु भयो माओवादी पदाधिकारी बैठक

राष्ट्रियसभा सिट बाँडफाँड : गठबन्धन लगत्तै बालुवाटारमा सुरु भयो माओवादी पदाधिकारी बैठक

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार ११:५७, काठमाडौँ

राष्ट्रियसभाको उम्मेदवार तय गर्न सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बालुवाटारमा बसिरहेको छ। 

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघिबाट बैठक सुरु भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। 

यसअघि आजै बिहान राष्ट्रिय सभाको सिट बाँडफाँडको विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धन दलको बैठक बसेको थियो। तर, बैठकमा सिट बाँडफाँडमा ठोस सहमति जुटिसकेको छैन। 

गठबन्धन बैठक लगत्तै माओवादी केन्द्र आफ्नो पार्टीको पदाधिकारी बैठक बोलाएको हो। 

आगामी फागुन २० गतेबाट राष्ट्रियसभाको ६ वर्षे पदावधि सकिएका २० जना सदस्य बिदा हुँदैछन्। त्यसमध्ये राष्ट्रपतिले मनोनित गर्ने १ बाहेक १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ। 

रिक्त २० मध्ये ६ सिट माओवादीले पाउने सम्भावना छ। फागुन २० बाट रिक्त हुने २० मध्ये माओवादीकै ३ सदस्य छन्। त्यसमा थप ३ सिट माओवादीले पाउने सम्भावना छ। 

कोशी प्रदेशसभामा माओवादीबाट बिना पोखरेल तथा सुदूरपश्चिम प्रदेशसभामा हरिराम चौधरी र महेशकुमार महराको ६ वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .