ad ad

राजनीति


गठबन्धन बैठकलगत्तै आलोकनगरमा एकीकृत समाजवादीको बैठक

गठबन्धन बैठकलगत्तै आलोकनगरमा एकीकृत समाजवादीको बैठक

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार १२:२५, काठमाडौँ

राष्ट्रिय सभा निर्वाचनका सिट भागबन्डामा असन्तुष्ट सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले पार्टीको सचिवालय बैठक राखेको छ।  

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक सकिएलगत्तै अध्यक्ष माधवकुमार नेपालले पार्टीको सचिवालय बैठक राखेका हुन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले नेपालखबरलाई जानकारी दिए। 

‘बिहान बालुवाटारमा भएको कुराकानीबारे त्यहीँ थाहा होला,’ उनले भने। 

पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने सिट बाँडफाँटमा सहमति नजुटेको बताएका छन्। तर, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले  सिट बाँडफाँट टुंग्याइएको दाबी गरेका छन्।

उनका अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट लिनेगरी सहमति भएको छ।

यद्यपि सो सहमतिमा एकीकृत समाजवादी असन्तुष्ट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .