ad ad

राजनीति


प्रदेशसभामा पराजित पूजा जसपाबाट राष्ट्रिय सभाकी उम्मेदवार

प्रदेशसभामा पराजित पूजा जसपाबाट राष्ट्रिय सभाकी उम्मेदवार

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार १८:४०, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

केन्द्रीय कार्यालय आइतबार भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सत्ता गठबन्धनमा रहेर जसपाले राष्ट्रिय सभा निर्वाचनमा भाग लिनेछ।

आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले राष्ट्रिय सभामा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली कांग्रेस, ६ वटामा माओवादी केन्द्र, २ वटामा एकीकृत समाजावादी र एउटा सिटमा जसपाले उम्मेदवारी दिनेगरी टुंगो लागेको छ।

जसपाकी कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरीसमेत रहेकी उनी २०७९ मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन्। उनलाई स्वतन्त्र उम्मेदवार केशव रायले हराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .