ad ad

राजनीति


शेरबहादुर देउवाको कार्यशैलीप्रति विश्वप्रकाश शर्मा असन्तुष्ट, सोधे ६ प्रश्न

शेरबहादुर देउवाको कार्यशैलीप्रति विश्वप्रकाश शर्मा असन्तुष्ट, सोधे ६ प्रश्न

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०८० सोमबार ७:२४, काठमाडौँ

नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवार छनोट गर्दा अपनाएको प्रक्रियाप्रति महामन्त्री विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन्। 

कांग्रेसले सत्ता गठबन्धनबीच भागबण्डा गर्दा राष्ट्रिय सभामा १० सिट पाएको छ। जसमा उठाउने उम्मेदवारसमेत कांग्रेसले गएराति टुंग्याएको छ। 

उम्मेदवार छनोट गर्दा पार्टी सभापति शेरबहादुर देउवा र संसदीय बोर्डले अपनाएको कार्यशैलीप्रति शर्माले कांग्रेस संसदीय बोर्डमा मौखिक रुपमा असहमति जाहेर गरेका हुन्। उनले बोर्डमा राखेका असहमतिका ६ बुँदा यस्ता छन्ः

१) उम्मेदवार चयनको समग्र सन्दर्भमा शभापतिको कार्यशैलीसँग प्रस्ट असहमत।

२) संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ?

३) राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?

४) समावेशिताको सिद्धान्त विधानमा कि व्यवहारमा ?

५) नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने?

६) राष्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .