ad ad

राजनीति


कोशीको सभामुख लिँदा राप्रपामा विवाद, लोहनीले भने : फिर्ता हुनुपर्छ

कोशीको सभामुख लिँदा राप्रपामा विवाद, लोहनीले भने : फिर्ता हुनुपर्छ

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८० मंगलबार १९:३१, काठमाडौँ

सत्ता गठबन्धन र नेकपा एमालेको समेत साथ लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य अम्बरबहादुर विष्ट कोशीको सभामुख बनेका छन्।

कोशीको सरकार टिकाउने गठबन्धनको योजनालाई साथ दिँदै राप्रपाले विष्टलाई सभामुख बनाएको हो। उनी मंगलबार निर्विरोध सभामुख भइसकेका छन्। 

तर कोशीको सभामुखलाई लिएर राप्रपामा विवाद देखिएको छ। पार्टीका वरिष्ठ नेता एवम् केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोशीको सभामुखबाट विष्टले पछि हट्नुपर्ने बताएका छन्। 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसमेत उपस्थित पदाधिकारी बैठकमा अहिलेको अवस्थामा सभामुख पद नलिने निष्कर्ष निकालेको बताउँदै उनले विष्टले पछि हट्नुपर्ने अडान सार्वजनिक गरेका हुन्। 

'पार्टी अध्यक्षसमेत सहभागी रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने बुँदामा व्यापक छलफल भएको हो', उनले भनेका छन्, 'छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो। तर यसविपरीत आज कोशी प्रदेशमा सभामुखको लागि उम्मेदवारी परेको छ। अतः निर्देशन समितिले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति / कार्य सम्पादन समिति निर्देशन गर्दछ।'

लोहनीको यो वक्तव्य आइसक्दासम्म विष्ट सभामुखमा निर्विरोध निर्वाचित भएर पदभार पनि ग्रहण गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .