मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट गरेका छन्।
बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका क्रममा त्यहाँ पुगेका अध्यक्ष अन्सारीले सोमबार प्रधानमन्त्री हसिनासँग भेट गरेका हुन्।
प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय र आपसी हितका सम्बन्धका विषयमा छलफल भएको मुस्लिम आयोगले जनाएको छ।
भेटमा अध्यक्ष अन्सारीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको स्मरण गर्दै नेपाल र बङ्गलादेशबीच व्यापार, आर्थिक साझेदारीलगायतमा सहकार्यको सम्भावना रहेको बताए।
त्यस अवसरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध असल छिमेकीको सम्बन्धको सिद्धान्त र पारस्परिक लाभमा आधारित रहेको बताएको आयोगले जनाएको छ।
अध्यक्ष अन्सारी र आयोगका सदस्य महमदिन अली बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका लागि ढाका गएका छन्। रासस
Shares
प्रतिक्रिया