नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध चयन भएका छन्।
मनोनयन दर्ताको समयावधिमा अरु कसैको उम्मेदवारी नपरेपछि चौधरी अध्यक्ष सर्वसम्मत अध्यक्ष चुनिएका हुन।
यस्तै, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा मधेश प्रदेशकी टीकालक्ष्मी चौधरी निर्विरोध निर्वाचित भइन्।
अन्य पदाधिकारीमा भने आँकाक्षी बढी देखिएका छन्। सर्वसम्मत पदाधिकारी टुंग्याउन छलफल चलिरहेको नेताहरुले बताएका छन्।
महासचिवमा संघीय सांसद गंगाराम चौधरी, लुम्बिनी प्रदेश सभा सांसद धर्मा चौधरी र लुम्बिनी प्रदेशकै ठाकुरसिंह थारुको उम्मेदवारी परेको छ।
७ जना उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको छ। सहअध्यक्ष १, महासचिव १, सचिव ७, उपाध्यक्ष ७, सहसचिव ७ र कोषाध्यक्ष १ गरेर ३३ पदाधिकारी चयन हुनेछन्।
45
Shares
प्रतिक्रिया