ad ad

राजनीति


नागरिक उन्मुक्तिको महाधिवेशन : महासचिव र उपाध्यक्ष टुंगो लाग्न बाँकी

नागरिक उन्मुक्तिको महाधिवेशन : महासचिव र उपाध्यक्ष टुंगो लाग्न बाँकी

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०८० शुक्रबार १९:२१, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टीले अध्यक्षसहित अधिकांश पदाधिकारी सर्वसम्मतमा टुंगो लगाएको छ।

कैलालीको टीकापुरमा जारी प्रथम महाधिवेशन अन्तर्गत अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित भएका छन्। 

यस्तै, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी निविरोध चयन भएका छन्। सहसचिवमा रामलाल डगौँरा, पदम अधिकारी, पवन कुमार शाह, दिलकुमार रावत, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भए।

अहिलेसम्म महासचिव र उपाध्यक्ष बाहेक अन्य पदाधिकारी सर्वसम्मतमा टुंगो लागेको छ। 

महासचिवमा धर्मबहादुर चौधरी, ठाकुरसिंह चौधरी र गंगाराम चौधरीको उम्मेदवारी छ। यस्तै, ७ जना उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको छ। 

अम्बरबहादुर लिम्बु, रतनबहादुर थापा, दुर्गा पन्त, राजेश अधिकारी, शिव कुमार बास्तोला, हिमाञ्चलराज भट्टराई, तेजबहादुर भुजेल, रामकुमार महतो र महेन्द्र पुन, इन्द्र कुमारी लिम्बु उपाध्यक्षको दौडमा छ।

उनीहरूबीच सहमति नजुटेको सहमतिको लागि छलफल जारी रहेको नेताहरुले बताएका छन्। नागरिक उन्मुक्तिले अध्यक्षसहित ३३ सदस्यीय पदाधिकारी चयन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .