ad ad

राजनीति


आज नहुने भयो अफताब आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ

आज नहुने भयो अफताब आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ

नेपालखबर
पुस २९, २०८० आइतबार ११:३५, काठमाडौँ

इँटाभट्टामा मानिसलाई जिउँदै पोलेको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज (आइतबार) नहुने भएको छ। 

जिल्ला अदालत रौतहटमा विचाराधीन आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो। 

तर ७ न्यायाधीशमध्ये आज २ जना मात्रै भएकाले आलमविरुद्ध मुद्दाको पेसी स्थगन गर्नुपरेको रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धवप्रसाद ढोडारीले नेपालखबरलाई जानकारी दिए। 

आज न्यायाधीशद्वय तेजबहादुर खड्का र गेहेन्द्रराज पन्त मात्रै उपलब्ध भएकाले आलमविरुद्ध मुद्दाको सुनुवाइ स्थगन गर्नुपरेको उनको भनाइ छ। 

‘अब अर्काे दिनलाई पेसी तोक्नुपर्छ’, उनले भने। 

उनका अनुसार जिल्ला अदालत रौतहटमा ७ न्यायाधीशको दरबन्दी भए पनि न्यायाधीश मातृकाप्रसाद मरासिनी उच्च अदालतको न्यायाधीश बनेर गएपछि उनको स्थान खाली छ भने अर्का न्यायाधीश बाबुकाजी बानियाँको सरुवा भइसकेको छ। यस्तै न्यायाधीशहरू केदारनाथ शर्मा, कुमार मास्के र पूर्णिमा कोइराला बिदामा छन्। 

स्रोतका अनुसार पूर्वमन्त्री आलमको मुद्दामा फैसला गर्न जोखिम देखिएकाले अन्य न्यायाधीश बिदामा बसेका हुन्। 

संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो।

बम विस्फोटमा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .