ad ad

राजनीति


गृहमन्त्रीबारे सांसद रायमाझी : चर्चा त नानीमैयाको पनि थियो, कामभन्दा हल्ला धेरै भयो

गृहमन्त्रीबारे सांसद रायमाझी : चर्चा त नानीमैयाको पनि थियो, कामभन्दा हल्ला धेरै भयो

नेपालखबर
माघ २२, २०८० सोमबार १७:४, काठमाडौँ

राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले अहिले सरकारमा रहेका मन्त्रीहरूले कामभन्दा धेरै हल्ला धेरै गर्न थालेको बताएका छन्।

हिउँदे अधिवेशनको पहिलो दिन राष्ट्रिय सभाको बैठकलाई सम्बोधनका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न खोजे पनि मन्त्रीहरू चर्चामा रमाउन थालेको बताए। 

उनले स्वास्थ्यमन्त्री मोहन बस्नेतबारे अनेक विवाद सुनेको बताए। ‘स्वास्थ्यमन्त्रीको पनि अनेक विवाद आएको छ। गृहमन्त्री पनि अचेल कामभन्दा बढी हल्ला गर्न थाले’, उनले भने, ‘चर्चा त पञ्चायतकालमा नानीमैया दाहालको पनि थियो।’

रायमाझीले सरकारबारे प्रधानमन्त्री प्रचण्डको गुनासो रहेको बताए। 

‘मन्त्रीहरूको सहयोग पाएको छैन भनिरहनु भएको छ प्रधानमन्त्रीले’, उनले भने, ‘प्रधानमन्त्री उकालो चढ्न खोज्ने मन्त्रीले पछाडिबाट दौरा तान्न खोजे अब बन्ने सरकार पनि सफल हुँदैनन्।’

रायमाझीले जनताले विकल्पको व्यवस्था खोजेको नभई नेताहरूलाई सुध्रिनु भनेको बताए। 

अहिले विकासका नाममा जताततै बेथिति रहेको बताउँदै नारायणगढबाट बुटवल जान सक्ने अवस्था नरहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .